शेयर लगानीकर्तामा खुशियाली
शेयर बजार अनलाइन प्रणालीमा गएपछि बुटवलका लगानीकर्ता खुशी देखिएका छन् । उनीहरुले अनलाइन प्रणालीमा गएपछि बजार बढ्ने विश्वास व्यक्त गर्दै प्रविधिलाई सहज र सरल बनाउन जोड दिएका छन् ।
सैनामैना नगरपालिका–३ का विष्णु पन्थीले लामो समयदेखिको प्रयास सफल भएको उल्लेख गर्दै लगानीकर्तालाई अनलाइन प्रणालीले उत्साहित बनाएको बताउनुभयो । उहाँले शेयर बजारलाई प्रविधिमैत्री बनाउनु सबै लगानीकर्तामा आशाको सञ्चार भएको टीप्पणी गर्दै यसको प्रभाव बजारमा देखिनुपर्ने तर्क गर्नुभयो ।
एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजार अनलाइन प्रणालीमा गए पनि मङ्गलबार कारोवार गर्न सहज नभएको उल्लेख गर्दै तयारी पूरा गरेर मात्रै अनलाइन प्रणालीमा जाँदा लगानीकर्तालाई झण्झट हुने थिएन भन्नुभयो ।
उहाँले अनलाइनका विषयमा धेरै लगानीकर्ताको फोन आएको जानकारी दिँदै अब शेयर बजारका लागि यो सुखद् र उत्साहित विषय भएको बताउनुभयो ।
प्रतिक्रिया