मंगलबार, १८ वैशाख २०८१

फ्रान्सेली खाना महोत्सव, ‘गु द फ्रान्स’ आयोजना हुँने

समयपोष्ट २०७३ चैत १ गते ७:५४

फ्रान्सेली विदेश मन्त्रालयको आयोजनामा यही मार्च २१ गते खाना महोत्सव हुँने भएको छ । नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएका हुन् । सम्मेलन मार्फत उनले २१ मार्चमा नेपाल लगायत विश्वका सबै मुलुकमा खाना महोत्सव, ‘गु द फ्रान्स’ हुने बताए । सम्मेलनमा ‘गु द फ्रान्स’ बाट आर्जित रकममध्ये पाँच प्रतिशत मानवीय सेवामा क्रियाशील सामाजिक संस्थालाई प्रदान गरिने जानकारी दिईयो । पत्रकार सम्मेलनमा राजदुत कार्मोनाले खाना महोत्सव, ‘गु द फ्रान्स’ का माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बिश्वास ब्यक्त गरे । उनले  फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको र नेपालको सामाजिक एवम् आर्थिक विकासमा सक्दो सहयोग गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गरे । तीन वर्षदेखि नेपालमा आयोजना हुँदै आएको ‘गु द फ्रान्स’ मा विश्वका नाम चलेका तारे होटल र रेस्टुराँमा फ्रान्सेली खानाका दक्ष भान्सेले तयार पारेका खानेकुरा राखिने छ । होटल सोल्टी, होटल याक एन्ड यति, सिल्भर माउन्टेन र गेट कलेज तथा ला शेर्पाले नेपालमा नै उत्पादित सामग्रीबाट फ्रान्सेली खाना तयार पारि महोत्सवमा राखिने जनाईएको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री