मंगलबार, ६ साउन २०८२

दशैँपछि खुलेको शेयर बजारले लगानीकर्तालाई बनायो उत्साहित

समयपोष्ट २०७५ कार्तिक ४ गते १३:१६

आइतबार शेयर बजार मापक सूचक ४.८९ अंकले बढेर १२४६.५२ अंकमा उक्लिएको छ भने सेन्सेटिभ ईन्डेक्स १.१८ अंकले बढेर २६५.२८ अंकमा पुगेको छ।

दशैँअघिको अन्तिम कारोबारमा बजार सामान्य घटेको थियो। उक्त दिन बजार ०.८० अंकले घटेर १२४१.६३ अंकमा झरेको थियो।

आइतबार शेयर बजारमा सूचक बढेको भएपनि कारोबार रकम भने ह्वात्तै घटेको छ। आइतबार १२४ कम्पनीको १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

आइतबार कारोबारको सुरुवात देखिनै बढेको बजार अन्तिम सम्मनै बढेर बन्द भएको हो। कारोबारको पहिलो एक घण्टा सामान्य अंकले बढेको बजारले दोस्रो घण्टापछि गति लिएको थियो। कारोबारको तेस्रो घण्टा सात अंक उक्लिदै बजारले १२४८ अंक छोएको थियो।चौथो घण्टाको समाप्तिमा सूचक १२४६ अंकमा बन्द भएको हो।

उपसूचक मिस्रित देखिएका छन्। १० समूहको कारोबारमा पाँच समूह बढेका छन् भने पाँचै समूह घटेका छन्।सबैभन्दा बढी जीबन बीमा समूहको उपसूचक ०.६२ प्रतिशतले बढ्यो भने होटल समूह ०.८२ प्रतिशतले घट्यो।

भार्गव विकास बैकका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशत कमाए। मिर्मिरे लघुबित्तका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री