तीज नजिकिएसंगै आकासियो सुनको भाउ
समयपोष्ट
२०७५ भदौ २२ गते ६:११
तीज नजिकिएसंगै सुनको भाउ महंगिएको छ । आज सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया