मंगलबार, १८ वैशाख २०८१

वेस्टर्न डेभलपमेन्ट बैंक नाफा साढे दुई करोड

समयपोष्ट २०७३ माघ १८ गते ४:३०

वेस्टर्न डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले दुई करोड ६४ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा एक करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चार करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बै‌ंकले गत वर्ष दुई करोड ३७ लाख रुपैयाँ रहेको थियो । 

Advertisement

१५ करोड ६९ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा नौ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ । दुई अर्ब २९ करोड ९३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बै‌कले एक अर्ब ७३ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ० दशमलव ७१ प्रतिशत रहको बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ७४ रुपैयाँ ९३ पैसा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री