बुधबार, ७ साउन २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंकले जित्यो डिजिटल बैंक अवार्ड

समयपोष्ट २०७५ साउन २७ गते १३:२८

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले विश्वकै उत्कृष्ट डिजिटल बैंक अवार्ड २०१८ जितेको छ। ग्लोबल फाइनान्सले प्रदान गर्ने यो अवार्डको एसिया प्रशान्त क्षेत्रीय विधामा बैंक उत्कृष्ट भएको हो।

अमेरिकाको न्यूयोर्कमा गत शुक्रबार अवार्डको घोषणा भएको थियो। विभिन्न विधाका विज्ञ मूल्यांकनकर्ताहरुको मूल्यांकनका आधारमा बैंक छनौट भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रकाशित गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीहरुले आफ्ना ग्राहकलाई दिइरहेको डिजिटल सेवा, त्यसको विस्तारमा लिएको रणनीति, ग्राहकलाई यो सेवा लिनका लागि गरिएको आकर्षण, डिजिटल सेवामा बढ्दो ग्राहक संख्या, डिजिटल सेवाबाट ग्राहकले पाएको सुविधालगायतलाई आधार मानिएको थियो। स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो अवार्ड प्राप्त गरेको चौथो पटक हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री