आज राष्ट्रपति भण्डारीकी छोरी निशाकुशुमको शुभविवाह, पुर्वराजा पुगे शितलनिवास (फोटोफिचर)
स्वर्गिय मदन भण्डारी र राष्ट्रपति विद्यादेवी देवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको सोमबार पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेक यादवसंग राष्ट्रपति भवन शितल निवासमा विवाह भएको छ ।
सांसद किरण यादव र ईन्जिनियर मुनिलाल यादवका छोरा अभिषेक पेशाले ईन्जिनियर हुन् भने निशाकुशुम डक्टर । उनीहरु दुई बिच स्कुल पढ्दा देखिनै प्रेम सम्बन्ध रहेको थियो । सात वर्षको प्रेम सम्बन्ध सोमबार विवाहमा परिणत भएको हो ।
विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की,पूर्वराजा ज्ञानेन्द्र शाह,पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका अध्यक्ष कमल थापा,पशुपति समशेर राणा, पूर्वसेनापति प्यारजंग थापा ,मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञ लगायतको उपस्थिति रहेको थियो ।
आजभन्दा ५० वर्ष पहिले शीतल निवासबाटै ज्ञानेन्द्र शाह र कोमलवीच विवाह सम्पन्न भएको थियो । शीतल निवासबाटै तत्कालीन राजा त्रिभुवनका तीनवटी छोरीहरु समेत विवाह भएको थियो । शीतलनिवास चन्द्रसमशेरका छोरा कृष्णसमशेर जबराको घर हो , जुन जबराले आफ्नै ईच्छाले नेपाल सरकारलाई दिएका थिए ।
प्रतिक्रिया