शुक्रबार, १४ कार्तिक २०८२

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

समयपोष्ट २०८२ कार्तिक १४ गते ११:११

Advertisement

बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री