मंगलबार, २८ असोज २०८२

ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

समयपोष्ट २०८२ असोज २८ गते १६:०४

Advertisement

कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२ वर्षीय गौरव ऐरमाथि गरिएको आक्रमणको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले धनगढी उपमहानगरपालिका, नेपाल–भारत सीमामा रहेको त्रिनगर भन्सार क्षेत्रबाट आरोपित व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका भीम नेपाली, अनुपम सिंह, मुस्कान सिंह, बबिन सिंह, गोपाल भट्ट, विशाल बोहरा, प्रिन्स सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किरण महरा, गोविन्द बलायर तथा पुनर्वास नगरपालिकाका दिनेश विक र अनिल विक छन् ।

उक्त होटेलमा दुई दिनअघि धारिलो हतियार प्रहार गरी डडेलधुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आक्रमण भएको थियो । गम्भीर घाइते ऐरको हाल भारतको रुद्रपुर अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री