खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
समयपोष्ट
२०८२ असोज २६ गते १९:३३
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातासँग आबद्ध ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका अनुसार ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’ सेक्सनमा गएर ‘चेन्ज इमेल’ विकल्प छान्दै सहज रूपमा ईमेल ठेगाना अद्यावधिक गर्न सक्छन् । यसका साथै बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि ईमेल ठेगाना परिवर्तनको आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
बैंकले समयमै ईमेल ठेगाना अद्यावधिक गरेमा ग्राहकहरूलाई बैंकका सेवासम्बन्धी सूचना, नोटिफिकेसन र महत्वपूर्ण जानकारीहरू सहज रूपमा प्राप्त हुने जनाएको छ ।
यदि ईमेल ठेगाना अद्यावधिक गर्न कठिनाइ भएमा ग्राहकहरूले नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्र फोन नं. १६६०–०१–७७७७१, ०१–५९७०१०१० मा सम्पर्क गरी जानकारी लिन सक्नेछन् ।
प्रतिक्रिया