मंगलबार, २८ असोज २०८२

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०८२ असोज २६ गते १३:५७

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूलाई नगद लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री