मंगलबार, २८ असोज २०८२

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” – प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला

समयपोष्ट २०८२ असोज २६ गते १४:००

Advertisement

सिप्रदी अटोपार्ट्स प्रा.लि.ले यस वर्षको दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकहरूका लागि “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना ल्याएको छ।

यो योजनामार्फत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स खरिद गरी बम्पर पुरस्कार र क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्। यो योजना केवल दुई हप्तासम्म मात्र उपलब्ध छ।

यो योजनामार्फत ग्राहकहरूले विभिन्न पुरस्कारहरू जित्ने अवसर पाउनेछन्। रु. १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि बम्पर पुरस्कार, रु. ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर १२५ सिसि, रु. २५,००० माथिको खरिदमा स्मार्ट टिभी र रु. ५,००० माथिको खरिदमा स्मार्टफोन जित्न सकिनेछ। साथै, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

टाटा जेन्युइन पार्ट्सले सवारीसाधनको इन्जिन, ब्रेक, क्लचलगायत महत्वपूर्ण भागहरूलाई दीर्घकालीन स्थायित्व र उत्कृष्ट प्रदर्शन प्रदान गर्छ। यी पार्ट्सले मर्मत खर्च घटाउनुका साथै गाडीको समग्र कार्यक्षमता वृद्धि गर्छ। टाटा मोटर्सद्वारा उत्पादित र सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा वितरित यी पार्ट्स नेपालमा व्यवसायिक सवारी प्रयोगकर्ताहरूको पहिलो रोजाइ बन्दै आएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री