मंगलबार, २८ असोज २०८२

लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा

समयपोष्ट २०८२ भदौ २० गते ६:५३

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले असोज १० गते पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहान ११ बजे सभा आयोजना गर्ने जनाएको छ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ।

थप रूपमा, सभाले बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट रिक्त सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डाहरू पारित गर्ने कार्यसूची रहेको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसअनुसार, भदौ २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री