मंगलबार, ४ कार्तिक २०८२

एन आई सी एशिया बैंकका ग्राहकलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

समयपोष्ट २०८२ भदौ १३ गते २०:३८


एन आई सी एशिया बैंक र सिपी हस्पिटल प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। यो सम्झौताले बैंकका ग्राहकहरूलाई धनगढीस्थित सिपी हस्पिटलमा डिजिटल भुक्तानीमार्फत स्वास्थ्य सेवा लिँदा विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त हुने अवसर प्रदान गरेको छ।

Advertisement

ग्राहकहरूले सामान्य चिकित्सा (OPD), आपतकालीन सेवा, अस्पताल भर्ना, प्रयोगशाला परीक्षण, रेडियोलोजी, फार्मेसी, शल्यक्रिया र अन्य विशेषज्ञ सेवाहरूमा छुट सुविधा उपभोग गर्न सक्नेछन्। यो सुविधा प्राप्त गर्न ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, मोबैंक (MoBank) एपमार्फत डिजिटल भुक्तानी गर्दा पनि यो छुट उपलब्ध हुनेछ।

यो सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी सेवालाई प्रोत्साहन गरी नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने अपेक्षा बैंकले लिएको छ। बैंकका अनुसार, यो पहलले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न र डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री