बिहीबार, ३० असोज २०८२

नाडा अटो शोमा टाटा मोटर्सद्धारा नयाँ इभी मोडल प्रदर्शन, ग्राहकका लागि विशेष अफरहरू सार्वजनिक

समयपोष्ट २०८२ भदौ ४ गते ६:४३

Advertisement

टाटा मोटर्सले नाडा अटो शो २०२५ मा आफ्नो नवीनतम विद्युतीय सवारीसाधन (EV) श्रृंखलाको प्रदर्शन गर्दै प्रदर्शनीलाई विद्युतीय रङ्गले सजाएको छ। सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको सहकार्यमा टाटाले टियागो इभीको नयाँ ‘एरिजोना ब्लु’ रङ पहिलोपटक सार्वजनिक गरेको छ। यो अटो शो भदौ ३ देखि ८ गतेसम्म (अगस्त १९–२४, २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ।

प्रमुख विद्युतीय मोडलहरूको प्रदर्शन

यस वर्षको अटो शोमा टाटाले Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev जस्ता विद्युतीय मोडलहरू प्रदर्शन गरेको छ। यी सवारीसाधनहरूले आकर्षक डिजाइन, प्रिमियम लुक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यी मोडलहरूले नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप आकर्षक र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

Advertisement

ग्राहकका लागि विशेष अफरहरू

टाटा मोटर्सले नाडा अटो शो २०२५ को अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक अफरहरू ल्याएको छ। यी अफरहरूमा सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging, आकर्षक छुट र उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क AutoPlus Insurance, निःशुल्क एक्सेसरिज र १ वर्षको सवारी कर, घरमै निःशुल्क चार्जिङ स्टेशन जडान, र निःशुल्क इम्बोस्ड नम्बर प्लेट समावेश छन्। यी अफरहरूले ग्राहकहरूलाई विद्युतीय सवारीसाधन किन्न प्रोत्साहन गर्ने र नेपालमा EV बजारलाई थप विस्तार गर्ने टाटाको विश्वास छ।

नयाँ Safari को लन्च

टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS (Advanced Driver Assistance Systems), मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, र टेरेन रिस्पोन्स मोड्स जस्ता प्रिमियम विशेषताहरू समावेश छन्। यो गाडीको सुरुवाती मूल्य रु. १२,१९९,००० तोकिएको छ।

Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालले भने, “हाम्रो नवीन EV पोर्टफोलियोले नेपालमा दिगो र आधुनिक मोबिलिटीको भविष्यलाई अझ सशक्त बनाउनेछ।” त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा. लि. का सिईओ राजन बाबु श्रेष्ठले यो अटो शोलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्तिको महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै भने, “हामीले प्रत्येक ग्राहकको आवश्यकता र बजेटअनुसार उपयुक्त विकल्पहरू प्रदान गर्नेछौं।”

टाटा मोटर्स र सिप्रदी ट्रेडिङले सम्पूर्ण अटोप्रेमीहरूलाई नाडा अटो शो २०२५ मा आफ्ना नयाँ मोडलहरू र सीमित अवधिका विशेष अफरहरू नजिकबाट अवलोकन गर्न हार्दिक आमन्त्रण गरेको छ। यो प्रदर्शनीले नेपालमा विद्युतीय सवारीसाधनको भविष्यलाई थप उज्ज्वल बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री