आई.एम.ई. लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव: देशभर प्रभातफेरी
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा “स्वस्थ जीवनको लागि जीवन बीमाको महत्त्व” भन्ने मूल सन्देशसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले स्वस्थ जीवन र बीमाको महत्त्वलाई उजागर गरेको छ।
कम्पनीले काठमाडौँसहित सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरू र स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा यो कार्यक्रम सम्पन्न गरेको हो। प्रभातफेरीमा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
यो कार्यक्रमले जीवन बीमाको आवश्यकता र यसले प्रदान गर्ने आर्थिक सुरक्षाबारे जनमानसमा जागरूकता फैलाउने लक्ष्य राखेको थियो। कम्पनीका अनुसार, यस्ता पहलहरूले स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्नुका साथै बीमाको माध्यमबाट भविष्यको अनिश्चितताविरुद्ध सुरक्षा प्रदान गर्ने सन्देश प्रवाह गर्छ।
आई.एम.ई. लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि यस्ता रचनात्मक र सामाजिक महत्त्वका कार्यक्रमहरू मार्फत जनचेतना अभिवृद्धि र ग्राहक सेवामा प्रतिबद्धता कायम राख्ने जनाएको छ।
प्रतिक्रिया