दश निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने सम्बन्धमा सात दिने लिखित स्पष्टीकरण माग गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो।
सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र ती व्यवसायी/आपूर्तिकर्ताले तोकिएको ३० दिनभित्र स्पष्टीकरण पेश नगरेकोले कार्यालयले पुनः सात दिनको म्यादसहित सूचना जारी गरेको जनाएको छ। यदि यो अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभएमा, यी व्यवसायी र आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राखिने कार्यालयले बताएको छ।
कालोसूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूको सूची निम्नानुसार छ:
१. श्री शिवम कन्स्ट्रक्सन, नेपालगञ्ज
२. श्री ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि., टोखा ९, काठमाडौँ
३. श्री जय मयुरी ट्रेडिङ प्रा.लि., पीपलचोक, मोरङ
४. श्री पूर्णागिरि निर्माण सेवा, अमरगढी ८, डडेल्धुरा
५. श्री जि.बि. मेटल क्राफ्ट एन्ड सप्लायर्स प्रा.लि., वीरगञ्ज, पर्सा
६. श्री सिल्क/सिनोम्याक/ग्लोबलम्याटिक्स/विध जे.भी., कुपण्डोल, ललितपुर
७. श्री यू एण्ड आईरहिमचुली जे.भी., ठूलीभेरी ०३, डोल्पा
८. श्री दुर्गा निर्माण सेवा, सोरहवा ०८, बर्दिया
९. श्री दिप ज्योती निर्माण सेवा, बरियारपट्टी ०१, सिराहा
१०. M/S Sahayogi Contractors and Trading Company Pvt. Ltd., रामपुर, पाल्पा
प्रतिक्रिया