शनिबार, २१ असार २०८२

मलेसियन लगानीकर्तासमक्ष अर्थमन्त्री पौडेल : नेपालमा उपयुक्त वातावरण छ, थप लगानी गर्नुहोस्

समयपोष्ट २०८२ असार २० गते १२:४१


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आह्वान गरेका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताए।

Advertisement

अर्थमन्त्री पौडेलले नेपालमा पूर्वाधार विकास र पर्यटन क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै भने, “निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ। नीतिहरू लगानीमैत्री छन्। लगानीका क्षेत्रहरू पहिचान गरी राम्रो तयारीसहित अघि बढ्नुस्। सरकार सहयोग र सहजीकरण गर्न तयार छ।”

प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्ताहरूले सूचना प्रविधि, व्यापार, हाइड्रोपावर, पूर्वाधार, वातावरण, र पर्यटन क्षेत्रमा लगानीको सम्भावनाबारे चासो व्यक्त गरेका थिए। मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, र एमके संग्राह लगायतको टोलीले नेपालको लगानी वातावरणबारे छलफल गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री