बिहीबार, १९ असार २०८२

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न प्रदेशहरुमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न

समयपोष्ट २०८२ असार १७ गते १८:५०


मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका विभिन्न प्रदेशमा सामाजिक सहयोगका कार्यहरू सम्पन्न गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ।

Advertisement

बैंकले सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, पूर्वचौकी गाउँपालिका वडा नं. ५ मा रहेको श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्राहरूलाई विद्यालय पोशाक वितरण गरेको छ। यो सहयोगले विद्यार्थीहरूमा उत्साह थपिनुका साथै उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला, वीरेन्द्रनगर–०४ मा रहेको प्रदेश अस्पताल सुर्खेतलाई १० थान व्हीलचेयर प्रदान गरेको छ। यो सहयोगले अस्पतालमा सेवा लिन आउने बिरामीहरू, विशेषगरी ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यसैगरी, कोशी प्रदेशको धनकुटा जिल्लास्थित जिल्ला अस्पतालमा बिरामी तथा कुरुवाहरूको सुविधाका लागि बैंकले ७ थान तीन सिटर कुर्सीहरू हस्तान्तरण गरेको छ। यो पहलले अस्पतालमा बस्नेहरूका लागि सहज वातावरण सिर्जना हुने विश्वास बैंकले लिएको छ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, र वित्तीय साक्षरता जस्ता क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख मूल्यका रूपमा आत्मसात गरेको र आगामी दिनमा यस्ता गत12िविधिहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

Advertisement

‘हामी समाजप्रति उत्तरदायी छौँ र यस्ता कार्यहरू मार्फत हाम्रो समुदायलाई सशक्त बनाउन चाहन्छौँ,’ बैंकका एक प्रतिनिधिले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री