शनिबार, १४ असार २०८२

एसईईको नतिजा सार्वजनिक

समयपोष्ट २०८२ असार १३ गते १९:४८

Advertisement

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।

गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

नतिजा विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार एसएमएस, आईभीआर (IVR) र वेबसाइटमार्फत नतिजा हेर्न सकिन्छ।

एसएमएस र आईभीआर सेवा
नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, र अल स्टार आईटी सोलुसन्समार्फत एसएमएस र आईभीआर सेवाबाट नतिजा हेर्न सकिनेछ।

Advertisement

वेबसाइटमार्फत नतिजा
राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, र स्मार्टकार्ड नेपाललगायतका वेबसाइटहरूबाट पनि नतिजा प्राप्त गर्न सकिने जानकारी बोर्डले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री