एसईई नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक
समयपोष्ट
२०८२ असार १३ गते १७:५६
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज शुक्रबार साँझ ६ बजेपछि सार्वजनिक गर्ने भएको छ।
नतिजा सार्वजनिक गर्ने निर्णयका लागि बोर्डको बैठक सुरु भइसकेको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईले नतिजा आजै साँझ ६ बजेपछि सार्वजनिक हुने जानकारी दिएका छन्।
यसअघि बोर्डले परीक्षा नियन्त्रण कार्यालयसँग नतिजा तयारीबारे ब्रिफिङ लिएको थियो। बोर्डका अनुसार नतिजा सार्वजनिक भएसँगै वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। तर, पूरै नतिजा अनलाइन प्रणालीमा अपलोड हुन केहीबेर लाग्ने जनाएको छ।
यस वर्षको एसईईमा देशभरबाट लाखौँ विद्यार्थी सहभागी भएका थिए। नतिजा सार्वजनिक भएपछि विद्यार्थीले वेबसाइट तथा एसएमएसमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
प्रतिक्रिया