गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ
समयपोष्ट
२०८२ असार ९ गते २०:०६
गणेश लामाले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले सोमबार फैसला सुनाउँदै लामाविरुद्धको दाबी नपुगेको ठहर गर्दै सफाइ दिएको हो।
लामाविरुद्ध २०७० जेठ ५ गते १ करोड ४० लाख रुपैयाँ सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। विशेष अदालतले २०७५ साउन २४ गते उनलाई दोषी ठहर गर्दै १ वर्ष कैद, बिगोअनुसार जरिवाना र सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो।
उक्त फैसलाविरुद्ध लामा २०७५ पुस ९ गते सर्वोच्च अदालत पुगेका थिए। सरकारी वकिलको कार्यालयले पनि विशेषको फैसलालाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो।
तर सर्वोच्च अदालतले सरकारी पक्षको पुनरावेदन र प्रस्तुत प्रमाणहरू अपर्याप्त भएको ठहर गर्दै लामालाई सफाइ दिएको हो।
प्रतिक्रिया