सोमबार, ९ असार २०८२

मुक्तिनाथ विकास बैंकले शुरू गर्‍यो विदेश अध्ययनका लागि शैक्षिक शुल्क भुक्तानी सेवा

समयपोष्ट २०८२ असार ९ गते १५:२२

Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेडले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी भिसा तथा शैक्षिक शुल्क भुक्तानी सेवाको शुरुवात गरेको छ। यो सेवा एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रा.लि., महाराजगञ्जसँगको सहकार्यमा शुरू गरिएको हो।

बैंकले एक्सपर्ट एजुकेसनसँग सम्झौता गरी विद्यार्थीहरूले भिसा शुल्क, SAT, SEVIS शुल्क, PTE परीक्षा शुल्क, आवेदन शुल्क, GMAT लगायतका शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। यो सेवा हाललाई बैंकको महाराजगञ्ज र कमलादी शाखा कार्यालयबाट उपलब्ध हुनेछ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको कुनै पनि बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको छ। यसका साथै, बैंकले हालै “मुक्तिनाथ फाइदा एप” सञ्चालनमा ल्याएको छ, जसले “एक फाइदा, अनेक” सुविधा प्रदान गर्छ।

बैंकले अन्तरदेशीय QR भुक्तानी सेवालाई पनि सञ्चालनमा ल्याएको छ। यसबाहेक, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, र खातामै रेमिट्यान्स जम्मा गर्ने जस्ता सेवाहरू मार्फत ग्राहकहरूले शाखामा उपस्थित नभई घरबाटै विभिन्न बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन्।

Advertisement

मुक्तिनाथ विकास बैंकले यी नवीन सेवाहरू मार्फत ग्राहकहरूलाई सहज, सुरक्षित र डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री