दैलेखमा भेटियो ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस, ५० वर्ष धान्ने
दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। खानी तथा भूगर्भ विभागका अनुसार चीनको जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको भूगर्भिक अध्ययन र ड्रिलिङको आधारमा ठूलो मात्रामा प्राकृतिक ग्यास भेटिएको हो।
विभागले दिएको जानकारीअनुसार अन्तिम प्रतिवेदन सन् २०२५ डिसेम्बरसम्म आउनेछ। तर हालसम्मको तथ्यांकले नेपाललाई करिब ५० वर्ष धान्ने मिथेन ग्यास दैलेखको जलजले क्षेत्रमा रहेको देखाएको छ।
चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि जलजले क्षेत्रमा ड्रिलिङ सुरु गरेका थिए। चार हजार मिटर गहिराइसम्म गरिएको उत्खनन्पछि ग्याँसको गन्ध बाहिरिएको र त्यसपछि चट्टानका नमुना संकलन गरी चीन पठाइएको थियो।
मिथेन ग्याँस स्वच्छ इन्धनको रूपमा चिनिन्छ। यो ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनका लागि उपयोग गर्न सकिन्छ। थप रूपमा, मिथेनबाट हाइड्रोजन छुट्याएर अमोनिया निकाल्न सकिने भएकाले मल कारखानामा समेत प्रयोग गर्न सकिने सम्भावना छ।
प्रतिक्रिया