बिहीबार, ५ असार २०८२

सञ्चारकर्मी पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

समयपोष्ट २०८२ असार ५ गते १७:४३

Advertisement

सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले सोमबार जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पाठकलाई पक्राउ तथा धरपकड नगर्न आदेश दिएको हो।

यसअघि सोमबार पत्रकार पाठकले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री