बिहीबार, ५ असार २०८२

अन्ततः आफ्नै निर्णयबाट पछि हटे बालेन, चार वडाध्यक्षहरूले पाए पुरानै जिम्मेवारी

समयपोष्ट २०८२ असार ५ गते १६:३५

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चार जना वडाध्यक्षको जिम्मेवारी फिर्ता लिने एकपक्षीय निर्णयबाट पछि हट्न बाध्य भएका छन्। कार्यपालिकाको स्वीकृति बिना चार वडाध्यक्षको जिम्मेवारी परिवर्तन गरेपछि उत्पन्न विवादमा परेका मेयरले अन्ततः निर्णय फिर्ता लिएका हुन्।

सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना प्रविधि समितिका जिम्मेवारीमा रहेका वडाध्यक्षहरू — आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धर लाई कार्यपालिका बैठक नगरी हटाइएको थियो। यो कदम ‘एकल स्वेच्छाचारिता’ भन्दै ती वडाध्यक्षहरूले तीव्र आपत्ति जनाएका थिए।

मेयरको उक्त कदम कार्यपालिका व्यवस्थाविपरीत भएको भन्दै नवनियुक्त वडाध्यक्षहरूले समेत पद अस्वीकार गरेका थिए। वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नं. ३० का दलबहादुर कार्की, र वडा नं. ८ का विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवारी ग्रहण नगर्ने जनाएका थिए।

उपमेयर सुनिता डंगोलको अगुवाइमा बसेको कार्यपालिका र नगरसभा सदस्यहरूको अनौपचारिक बैठकले निरन्तर दबाब सिर्जना गरेपछि बालेन निर्णय सच्याउन बाध्य भएका हुन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री