साउथवेष्टन र ग्रीन सिटी अस्पतालबिच छुट सम्झौता
साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, बसुन्धरा, काठमाडौं र ग्रीन सिटी अस्पताल, बसुन्धरा, काठमाडौंबिच मंगलबार एक महत्वपूर्ण आपसी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
एक औपचारिक समारोहका बीच सम्पन्न उक्त समझदारीपत्रमा कलेजतर्फबाट क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी र अस्पतालतर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार, अस्पतालले साउथवेष्टनमा अध्ययनरत विद्यार्थी तथा कलेजमा कार्यरत शिक्षक–कर्मचारीहरूलाई आफ्ना सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। यस्तै, अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीहरूले साउथवेष्टनमा भर्ना हुँदा २० प्रतिशतसम्मको छात्रवृत्तिको सुविधा पाउनेछन्।
दुवै संस्थाबीच विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर (हेल्थ क्याम्प) आयोजना गर्ने र अस्पतालमा इन्टर्नशिपको अवसर उपलब्ध गराउने विषयमा पनि समझदारी भएको छ। तीन पृष्ठ लामो यस समझदारीपत्रले शैक्षिक तथा स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया