सोमबार, १९ जेठ २०८२

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

समयपोष्ट २०८२ जेठ १९ गते ९:१८

Advertisement

यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय भएको हो।

सोमबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशभरका सार्वजनिक यातायात पूर्णरूपमा ठप्प छन्। अप्रिय घटना रोक्न प्रहरीको बाक्लो उपस्थिति कायम गरिएको छ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले लागू गरेको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली खारेज गर्न माग गरेका छन्।

Advertisement

उक्त नियमावलीले निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडामा प्रयोग गर्न अनुमति दिएको छ, जसले सार्वजनिक यातायात व्यवसायमा नकारात्मक असर पारेको व्यवसायीहरूको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री