मंगलबार, १३ जेठ २०८२

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

समयपोष्ट २०८२ जेठ १३ गते १५:३३

Advertisement

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। राजनीतिक पृष्ठभूमि भएका व्यक्तिलाई राष्ट्र बैंकको सर्वोच्च पदमा नियुक्त गर्नु राष्ट्र बैंक ऐन २०५८ को दफा २१(क) र दफा १५ विपरीत रहेको दाबी गर्दै अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मंगलबार रिट दर्ता गराएका हुन्।

रिट निवेदनमा गभर्नरको नियुक्ति गैरकानुनी भएको भन्दै खारेजीको माग गरिएको छ। साथै, नियुक्ति बदर नभएसम्म राष्ट्र बैंकले नीति निर्माण गर्ने प्रक्रिया र नोटमा हस्ताक्षर गर्ने अधिकार रोक्न अन्तरिम आदेश माग गरिएको छ।

सर्वोच्च अदालतले निवेदनको प्रारम्भिक अध्ययन र छलफलपछि मात्र आज रिट दर्ता गर्ने निर्णय लिएको हो। रिटकाे सुनुवाइ बुधबार हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री