शुक्रबार, २० असार २०८२

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

समयपोष्ट २०८२ वैशाख १७ गते १३:३४

Advertisement

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाउने प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ मा हाल लाइसेन्सको वैधता ५ वर्ष रहेको व्यवस्था छ। उक्त व्यवस्थालाई संशोधन गर्दै विधेयकमा “पाँच वर्षसम्म” भन्ने शब्दलाई “दश वर्षसम्म” बनाइएको छ। यो संशोधनले नयाँ लाइसेन्स र नविकरण दुवैको अवधि १० वर्ष हुने भएको छ।

यो विधेयक अघिल्लो सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए। २६ वैशाख २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २९ भदौ २०८० मा विषयगत समितिमा छलफलका लागि पठाइएको थियो। समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा फर्किएको विधेयक मंगलबार प्रतिनिधि सभाबाट अन्ततः पारित भएको हो।

अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा फर्किनेछ र सभामुखमार्फत राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रूपमा लागू हुनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री