शुक्रबार, २० असार २०८२

प्रधानमन्त्री ओली र विश्वविजेता रोबर्टो कार्लोसबीच सिंहदरबारमा भेट

समयपोष्ट २०८२ वैशाख १० गते १५:१५

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका प्रख्यात फुटबल खेलाडी तथा विश्वविजेता रोबर्टो कार्लोसबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष भेटघाट भएको छ।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका कार्लोससँग प्रधानमन्त्री ओलीले सौजन्य भेट गर्दै उनलाई नेपाल आगमनका लागि स्वागत गरे।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले कार्लोसको उपस्थितिले नेपाली युवा र खेलाडीहरूमा नयाँ ऊर्जा र प्रेरणा थपिने विश्वास व्यक्त गरे। “तपाईं जस्तो विश्वस्तरका खेलाडीको उपस्थितिले हाम्रो खेलकुद क्षेत्रलाई थप हौसला मिल्छ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीचको सुदृढ कूटनीतिक सम्बन्धको स्मरण गराउँदै खेलकुदमार्फत दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए। उनले दुई मुलुकका खेल क्षेत्रले एक-अर्काबाट सिक्ने, अनुभव साट्ने र सहकार्य गर्ने अवसरहरू खोज्नुपर्नेमा पनि जोड दिए।

Advertisement

कार्लोसले आफूलाई नेपाली दर्शक र सरकारको स्वागतले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका छन्। उनीले नेपाली फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय अनुभव साझेदारी गर्न आफू इच्छुक रहेको पनि जनाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री