नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु

गत चैत ३ देखि स्थानीयको विरोधका कारण ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य २८ दिनपछि पुनः सुरु भएको छ। आइतबारदेखि नेपाल प्रहरीको सुरक्षा व्यवस्थाका बीच निर्माण कार्य अघि बढाइएको हो।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार धादिङ र काठमाडौंको सिमानास्थित चन्द्रागिरी नगरपालिका–२ टुटीपाखामा पुनः निर्माण कार्य सञ्चालन गरिएको हो।
स्थानीयले खानेपानी, रोजगारी तथा क्षतिपूर्ति लगायतका माग राख्दै सुरुङमार्गको काममा अवरोध गर्दै आएका थिए। आज पनि उनीहरूले सुरुङमार्गको मुखमा नाराबाजी गरेका थिए।
प्रभावित बस्तीका बासिन्दाहरूले परियोजनामार्फत सञ्चालित कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वा ती कार्यक्रम सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग गरिरहेका छन्।
सन् २०२५ (विक्रम संवत २०८२) को असोजसम्ममा सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य रहेको भए पनि स्थानीयको अवरोधले परियोजनामा ढिलाइ आएको हो। हाल सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माण लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।
 




























 
	
प्रतिक्रिया