सोमबार, १० कार्तिक २०८२

पन्चकन्या ग्रुपको नयाँ एक्स्काभेटर भोल्भो इसी २२० सार्वजनिक

समयपोष्ट २०८१ चैत २ गते १७:४४


नेपालको बजारमा पुरानो र विश्वसनीय व्यापारिक समूहको रूपमा स्थापित प्रभु ग्रुपले विश्वासिलो व्यवसायिक कम्पनीको हैसियतमा आफ्नो सेवा र उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। सोही ग्रुपले आफ्नो मुख्य कार्यालय ललितपुर महानगरपालिका वडा नं. ३ सातदोबाटोको परिसरमा आयोजित एक कार्यक्रममार्फत आफ्नो लगानी रहेको एक्स्क्लोर अर्थ मुभर्स प्रा.लि.ले हालै VOLVO Construction Equipment अन्तर्गतको नेपालको निर्माण र खानी उद्योगलाई अझ प्रभावकारी बनाउने उद्देश्यले VOLVO EC220 एक्स्काभेटर नेपाली बजारमा ल्याएको छ। आधुनिक प्रविधि, इन्जिन दक्षता र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण र खानी क्षेत्रमा अपरिहार्य बनाएको छ।

Advertisement

यो कम्पनीले एक्स्क्लोर अर्थ मुभर्स प्रा.लि.मार्फत बिक्री वितरण हुने VOLVO EC220 मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने भएकाले जटिल निर्माण कार्यक्षेत्रहरू जस्तै खानी, हाइड्रो सेक्टर, सडक निर्माण र अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ। बजारमा उपलब्ध गराइएको यो इन्जिनले इन्धनको बचत गर्दै वातावरणमैत्री साधनको रूपमा उत्कृष्ट प्रदर्शन गर्न EURO Stage IIIA मापदण्ड पूरा गरेको छ, जसले वातावरणमा हुने प्रदूषण कम गर्न सहयोग गर्छ। यो मॉडल बजारमा पाइने अन्य समान प्रकृतिका मेसिनहरूभन्दा १०% बढी उत्पादन क्षमतासहितको तुलनात्मक हाइड्रोलिक शक्तियुक्त मेसिन हो। यसको प्रयोगले निर्माण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकत्व प्रदान गर्ने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आह्वान गरेको छ। यस मेसिनका मुख्य विशेषताहरूमा सञ्चालन खर्च घटाउने, मर्मत खर्च कम हुने र लामो समयसम्म भरपर्दो सेवा दिने क्षमता रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ।

नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधि र क्रियाकलापहरू निरन्तर वृद्धि भइरहेको सन्दर्भमा VOLVO EC220 भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ। साथै, नेपालको भौगोलिक बनावटले उच्च पहाडी क्षेत्रमा जटिलताले निर्माण कार्य बढी सास्तीपूर्ण हुने गरेकोमा यो मेसिनको प्रयोगले प्रभावकारिता बढाई भरपर्दो कार्यसम्पादन गर्न सक्षम बनाएको कम्पनीले जनाएको छ। यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ति संयुक्त क्षमताको इन्जिन र अन्य विशेषताहरूले नेपाली ग्राहकहरूलाई उच्च उत्पादकत्वसहित न्यून सञ्चालन खर्चमा सहयोग गर्ने भएकाले यसको बिक्री वितरणले व्यवसायीहरूलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ।

VOLVO CE का आधिकारिक वितरक र बिक्रेतामार्फत EC220 मेसिनको खरिद, सेवा र स्पेयर पार्ट्स उपलब्ध छन्। विशेष अफर र वित्तीय योजनाहरूका लागि कम्पनीसँग सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री