यामाहा नेपालद्वारा मेगा सर्भिस क्याम्पको घोषणा
यामाहा नेपालले देशभरका यामाहा चालकहरूलाई उत्कृष्ट सेवा र आकर्षक अफरहरू प्रदान गर्न फागुन १८ देखि २४ गतेसम्म “यामाहा मेगा सर्भिस क्याम्प २०२५” आयोजना गर्ने घोषणा गरेको छ। यो विशेष सर्भिस क्याम्प नेपालभरका २०० भन्दा बढी अधिकृत यामाहा सेवा केन्द्रहरूमा सञ्चालन हुनेछ। दक्ष प्राविधिकहरू र अत्याधुनिक प्रविधिको प्रयोगबाट ग्राहकहरूले आफ्ना बाइकहरूको उच्च प्रदर्शन र विश्वसनीयता सुनिश्चित गर्न सक्नेछन्।
यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधाहरूको लाभ लिन सक्नेछन्:
-यामा ल्यूबमा १५% छुट: इन्जिनको उत्कृष्ट कार्यसम्पादनका लागि।
-जेनुइन स्पेयर पार्ट्समा १०% छुट: बाइकको टिकाउपन र विश्वसनीयताका लागि।
-लेबर चार्जमा ५०% छुट: किफायती सेवाको ग्यारेन्टी।
-१५ पोइन्ट चेक–अप: सुरक्षा र दक्षता अभिवृद्धिका लागि।
-निःशुल्क बाइक वाश: बाइकलाई चम्किलो र सफा राख्न।
-निःशुल्क एएमसी कार्ड: थप सेवा सुविधाहरूको पहुँच।
-गिफ्ट ह्याम्परहरू: क्याम्पमा सहभागी ग्राहकहरूका लागि विशेष उपहार।
यामाहाले आफ्नो अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिमा आधारित बाइकहरूको सर्वोत्तम प्रदर्शन सुनिश्चित गर्न देशभरका एफआई स्टेशनहरू मार्फत निःशुल्क “जेनुइन एफआई हेल्थ रिपोर्ट” प्रदान गर्नेछ। दक्ष प्राविधिकहरूले ग्राहकका बाइकहरूको स्वास्थ्य जाँच गरी आवश्यक सुझाव र सेवा उपलब्ध गराउनेछन्।
मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “हाम्रा लागि उत्कृष्ट उत्पादनसँगै उत्कृष्ट सेवा पनि उत्तिकै महत्त्वपूर्ण छ। यो मेगा सर्भिस क्याम्प मार्फत हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्न प्रतिबद्ध छौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाई आफ्ना बाइकहरूलाई सधैं उत्कृष्ट अवस्थामा राख्न आह्वान गर्दछौं।”
नेपालभर संचालित यो क्याम्पले यामाहा चालकहरूलाई आफ्ना बाइकहरूको नियमित मर्मत र स्तरोन्नति गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। यामाहा नेपालले सबै ग्राहकहरूलाई नजिकैको अधिकृत सेवा केन्द्रमा पुगी यो विशेष अफरको लाभ लिन अनुरोध गरेको छ।
यामाहा मेगा सर्भिस क्याम्प २०२५ फागुन २४ गतेसम्म चल्नेछ र यो अवधिमा ग्राहकहरूले आफ्नो बाइकको मर्मत र सुधारमा विशेष छुट तथा निःशुल्क सेवाहरूको मजा लिन सक्नेछन्। थप जानकारीका लागि नजिकको यामाहा सेवा केन्द्र वा यामाहा नेपालको आधिकारिक वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया