कुलमान घिसिङलाई असहयोग गर्ने प्राधिकरणका सञ्चालक बखास्त, चार वर्षका लागि तीन नयाँ सञ्चालक नियुक्त
समयपोष्ट
२०७३ पुष ४ गते ८:५८
नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेर लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने तीन हाकिम बर्खास्तीमा परेका छन् ।
उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई सोमबारदेखि लागू हुने गरी बर्खास्त गरेको हो । उनीहरुलाई यसअघि मन्त्रालयले स्पष्टिकरण सोधेको तर चित्तबुझ्दो जवाफ नदिएपछि बर्खास्त गरिएको हो ।
उनीहरुको ठाउमा सरकारले नयाँ सदस्य नियुक्त पनि गरेको छ । नयाँ नियुक्ती पाउनेहरुमा उपभोक्ताका तर्फबाट रुकुम पूर्तिमकाँडा ६ का भक्तबहादुर पुन, इन्जिनियरहरु बाजुरा मार्तडी ३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर ६ का उमेशप्रसाद थानी छन । उनीहरुलाई आइतबार चार वर्षका लागि नियुक्त गरिएको हो।
प्रतिक्रिया