मंगलबार, १८ वैशाख २०८१

मनाङ जिल्लाको चामेमा प्रभु बैंकको शाखा

समयपोष्ट २०७३ पुष ४ गते ४:२८

प्रभु बैंकले मनाङ जिल्लाको चामेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।साथै बैंकले धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे बैंकले जानकारी दिएको छ ।

मनाङमा बैंकको शाखा र शाखा रहित सेवा विस्तार भएपछि उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्ने प्रभु बैंकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री