नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी होटल, काठमाडौंमा ‘एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म ‘एम.डी.आर.टी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको छ।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक शक्ति कुमार गोल्याण, र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरी संयुक्त रूपमा गर्नुभयो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रममा मन्तव्य राख्दै नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र अभिकर्ताहरूको अथक मेहनतकै कारण कम्पनी सफल भएको बताउनुभयो। उहाँले बीमाको पहुँच विस्तार गर्दै कम्पनीको उपस्थिति अझ बलियो बनाउन आग्रह गर्दै अभिकर्ता भनेको कम्पनीको मेरुदण्ड रहेको औंल्याउनुभयो।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एम.डी.आर.टी जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने अभिकर्ताहरूलाई बधाई दिनुका साथै अन्तर्राष्ट्रिय स्तरमा पुगेर अनुभव बटुल्न आग्रह गर्नुभयो। उहाँले बीमा क्षेत्रमा असल अभ्यासहरूबाट लाभ उठाउन र चुनौतीहरूलाई अवसरमा परिणत गर्न अभिकर्ताहरूलाई प्रेरित गर्नुभयो।

सीओटी (कोर्ट अफ द टेबल) बन्न सफल माधव भण्डारीले कम्पनीको मार्गदर्शन र सहयोगले आफ्नो सफलता सम्भव भएको बताउनुभयो। उहाँले अभिकर्ताहरूको सिप विकासका लागि कम्पनीले आयोजना गर्ने कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनमा थप परिस्कृत बनाउन सुझाव दिनुभयो।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद दिँदै नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै रूपान्तरणकारी कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सहभागी सबै एम.डी.आर.टी क्वालिफायरहरूलाई प्रेरित गर्दै आगामी दिनमा थप उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ताहरू नेपालकै सबैभन्दा अब्बल र सक्षम रहेको बताउँदै बीमा बजारमा विश्वास र पारदर्शिता कायम राख्न प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सफलताले नेपाल लाइफको नेतृत्वमा बीमा क्षेत्रको विकास र नविनता तर्फ ठोस कदम चाल्न प्रेरणा प्रदान गरेको छ। कम्पनीले अभिकर्ता र बीमितहरूको हित सुनिश्चित गर्न निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




























प्रतिक्रिया