सोमबार, १० कार्तिक २०८२

सानिमा बैंक र एनसीएचएलबीच अलिपे प्लस नेटवर्कमार्फत क्यूआर भुक्तानी सम्झौता

समयपोष्ट २०८१ पुष २ गते १८:२१


सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रूपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

Advertisement

सम्झौताअन्तर्गत चीन, हङ्कङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन, इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा अन्य इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता पत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यले नेपालमा पर्यटकहरूलाई सुरक्षित र सरल डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दै डिजिटल भुक्तानी प्रणालीलाई थप प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री