मोरङ्गको कर्सियामा नेपाल बङ्गलादेश बैंकको ३५ औं शाखा
नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा मोरङ्ग जिल्लाको सरोभाग गा.वि.स. कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ ।
बैंकका संचालक अरुण श्रेष्ठबाट उक्त शाखा उदघाटन गरिएको हो । कार्यक्रममा बैंकका संचालक दिपक कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना समेतको उपस्थिति रहेको बैंकले थियो । कर्सिया शाखा सहित बैंकले ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३५ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ्ग जिल्ला, सरोभाग गा.वि.स. कर्सिया स्थित शारदा मा. वि. लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्तान्तरण गरे । बैंक को आ.व. २०७३ । ७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।
प्रतिक्रिया