सोमबार, २ असार २०८२

रवि लामिछाने भद्रकाली हिरासतमा

समयपोष्ट २०८१ मंसिर १३ गते २०:२१

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। उनलाई कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखिएको स्थानमै राखिएको प्रहरीले जनाएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको हो। यसअघि प्रहरीको टोलीले सोही प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइसकेको थियो।

स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की कारागारबाट काठमाडौँ ल्याएर बयान लिइएको छ। ओखलढुंगाका रम्तेलको सहकारीको कोषमा महत्त्वपूर्ण भूमिका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सहकारीका अध्यक्ष जीबी राईको नेतृत्वमा सञ्चालन भएको संस्थाबाट १ अर्ब ११ करोड रुपैयाँको अपचलन भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। सहकारीको रेकर्डअनुसार २७ हजार निक्षेपकर्ताले करिब २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेका थिए।

Advertisement

यो प्रकरणमा ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। उनीहरूले आफ्नो निक्षेप फिर्ता पाउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री