मंगलबार, ६ साउन २०८२

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

समयपोष्ट २०८१ मंसिर ५ गते १४:५५

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ल्याएको ‘मिट द सिइओ’ कार्यक्रम कोशी प्रदेशमा भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीको मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने करिब ५५ जना अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतको साक्षात्कार र सम्मान प्रदान गरिएको कार्यक्रमले अभिकर्ताहरूमाझ उत्साह थपेको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो तथा अर्ली क्वालिफायर विजेता र ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुभयो। कोशी प्रदेशका विभागीय, प्रदेश र शाखा प्रमुखको उपस्थिति रहेको यस कार्यक्रममा प्रदेशस्तरीय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट योग्य भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको योगदानको प्रशंसा गर्दै बीमा व्यवसायलाई थप प्रभावकारी बनाउन नयाँ र समय सान्दर्भिक योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालभर ३०० भन्दा बढी अभिकर्ता यस स्किममा छनोट भएकोमा कोशी प्रदेशबाट मात्र ५५ जना छनोट हुनु ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले बीमा व्यवसायमा भोगिरहेका समस्या, गुनासा तथा सुधारका लागि आवश्यक पहलका विषयमा प्रमुख कार्यकारी अधिकृतसमक्ष प्रत्यक्ष छलफल गर्ने अवसर पाएका थिए। सहभागीहरुले यस्तो प्रकारको अन्तरक्रियाले अभिकर्ता र कम्पनीबीच थप सुदृढ सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरेका छन्।

‘मिट द सिइओ’ कार्यक्रम यसअघि मधेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा पनि छिट्टै आयोजना गरिने योजना कम्पनीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री