बुधबार, ७ साउन २०८२

११ प्रतिसतले बढ्यो आइएमई लाइफको खुद नाफा

समयपोष्ट २०८१ कार्तिक २९ गते ९:२७

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ११.२२ प्रतिशतले बढेको छ।

अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १७ करोड ९६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६ करोड ३७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोषको आकार ८.०७ प्रतिशत र रिटेन्ड अर्निङ १५.९२ प्रतिशतले बढेको छ।

कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कोषमा ७ अर्ब ५ करोड ८५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४२.७२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.३५ प्रतिशतले वृद्धि भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री