सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त भएका मार्केटिङ्ग म्यानेजरहरूको लागि पोखरास्थित ग्राण्ड होटेलमा २०८१ कात्र्तिक ९ र १० गते १ रात २ दिनको ‘मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम’ सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख र विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। देशभरबाट ५०० भन्दा बढीको सहभागिता रहेको यो कार्यक्रम विशेष महत्त्वपूर्ण रह्यो।
कार्यक्रममा सन नेपाल लाइफका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली) ले अभिकर्ताहरूलाई सामाजिक सेवा र व्यवसायिक अवसरहरूको सदुपयोग गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्नुभएको थियो। उहाँले विशेष गरी महिलाहरूलाई गृहिणीको भूमिकामा मात्र सीमित नरहेर व्यवसायिक रूपमा सक्रिय हुँदै सामाजिक रुपान्तरणमा योगदान गर्न आग्रह गर्नुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गर्दै प्रतिस्पर्धात्मक बजारमा डिजिटलाइजेसनको भूमिकामाथि प्रकाश पार्नुभयो। उहाँले अभिकर्ताहरूलाई सफल बनाउन डिजिटल उपकरणहरूको प्रयोगका फाइदाहरूको मार्गदर्शन प्रदान गर्नुका साथै, ग्राहकहरूलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरू ल्याउन कम्पनी निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रमको सफलताले सन नेपाल लाइफ इन्स्योरेन्सको मार्केटिङ्ग टीममा नयाँ उत्साह थपेको छ भने, यसले अभिकर्ताहरूको दक्षता अभिवृद्धिमा विशेष योगदान पुर्याउने विश्वास लिइएको छ।
 




























 
	
प्रतिक्रिया