सोमबार, ५ साउन २०८२

महिन्द्रा अग्नि ग्रुपद्वारा महिन्द्रा 575 DI Yuvo Tech + ट्रयाक्टर सार्वजनिक

समयपोष्ट २०८१ साउन २९ गते ८:१२


महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आज नेपालमा “Yuvo Tech+ ” ट्रयाक्टर शृङ्खला सार्वजनिक गरेको छ। महिन्द्राको नेपाल स्थित डिलर अग्नि ग्रुपले सोमबार नयाँ ट्र्याक्टर मोडल YUVO TECH + 575 DI लाइ विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेशनमा एकै साथ उद्घाटन गरेको हाे ।

अग्नि ग्रुपले आफ्ना ग्राहकहरुलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउनको लागि ट्याक्टर सार्वजनिक गरेकाे जनाएकाे छ ।

यो श्रृंखला 12F (फर्वार्ड) + 3R (रिभर्स) ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा 3-speed range option (H–M–L) विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ। उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताको साथ, यस ट्रयाक्टरले सजिलैसाथ भारी उपकरणहरू ह्यान्डल गर्ने कम्पनीकाे दाबी छ। शक्तिशाली र ईन्धन–कुशल इन्जिनले भरिएको, यस ट्रयाक्टरले उच्च स्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने कम्पनीकाे भनाइ छ।

कम्पनीका अनुसार धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागी उपयुक्त छ, जसले लामो समयको लागि अधिकतम अपरेटर आराम प्रदान समेत गर्दछ ।

Yuvo Tech+ सिरिजको उद्घघाटन समारोहमा बोल्दै महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय अपरेसन प्रमुख, केदार आप्टेले भने, “खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न हामी प्रतिबद्ध छौं। Yuvo Tech+ ट्रयाक्टरलाई नयाँ उन्नत इन्जिन, ट्रान्समिसन र हाइड्रोलिक प्रविधिले सम्बन्धित क्षेत्रहरूमा सबैभन्दा उन्नत बनाएको छ । जसको माध्यमबाट हामीले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने लक्ष्य राखेका छौं, हामी हाम्रा सम्मानित ग्राहकहरूलाई ट्रयाक्टर सिरिज –महिन्द्रा थ्गYuvo Tech+ प्रस्तुत गर्न पाउँदा हामी खुसी छौं।”

यसैगरी, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, “परिवर्तित समयसँगै, नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्च स्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामी उन्नत प्रविधि र विस्तारित सुविधाका साथ सबै नयाँ Yuvo Tech+ मोडेलहरू प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं साथै यसको अधिकतम लाभ लिई नेपाली कृषकहरुले आफ्नो आर्थिक उन्नत्तिमा सहयोग पुराउनेमा हामी विश्वस्त छौं। महिन्द्रा, ३ दशक भन्दा बढी समय देखि नेपालमा किसानहरु माझ एक विश्वसनीय ब्रान्डको रुपमा स्थापित छ र हामी हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री