बुधबार, १९ वैशाख २०८१

दुबईको अचम्मित बनाउँने केही तथ्यहरु जुन तपाईलाई थाहा नहुँन पनि सक्छ ?

समयपोष्ट २०७३ मंसिर १७ गते ७:३४

युनाईटेड अरब इमिरेट्समा आज नेशनल डे मनाईदैछ । यो देश मध्य पुर्वि एशियाको सात ओटा साना शेख शासित राज्यहरु आबु धाबी, दुबई, शारजाह, रस अल-खैमा, अजमन, उम्म अल-कैवैन र फुजैरह मिलेर बनेको छ । सन् १८७३ देखि सन् १९४७ सम्म यो देश ब्रिटिश भारत शासनको अधिनमा रह्यो । त्यसपछि यो देशको शासन लण्डनको विदेश विभागबाट सञ्चालित हुनथाल्यो । सन् १९७१ डिसेम्बर २ आजकै दिन खाडीमा रहेका शेख शासित राज्यहरु फेडरल स्टेटको नाममा एक भए र स्वतंत्र संयुक्त अरब इमिरेट्सको स्थापना भयो । रस-अल खैमा राज्य भने सन् १९७२मा मात्र सामेल भएको हो । यूएईसंग सम्वन्धित केही तथ्यहरु :-

Advertisement

अर्गनाईजेसन अफ द पेट्रोलियम एक्सपोर्टिंग कंट्रीज (ओपेक)को रिपोर्ट अनुसार तेल भण्डारणमा युएई संसारकै छैठौ सबैभन्दा ठूलो देश हो । जसको अर्थतन्त्र मध्यपुर्वि एशियामा सबैभन्दा विकशित मानिन्छ । दुबईमा नागरिकहरुले सरकारलाई इनकम ट्याक्स पनि बुझाउँनुपर्दैन । संसारकै सबैभन्दा अग्लो अग्लो भवनहरु पनि यहि देशमा रहेको छ । यसको साथसाथै मानव निर्मित सबैभन्दा ठूलो सी(पोर्ट र सबैभन्दा ब्यस्त अन्तराष्ट्रिय एयरपोर्ट पनि यही देशमा रहेको छ ।यो त्यस्तो देश हो यहा घरमा मदिरा राख्नको लागि पनि सरकारको अनुमति लिनुपर्दछ । यो देशमा कुनै पनि एड्रेश सिस्टम अहिलेसम्म छैन । एटिएम मेशिनबाटै सुनको सिक्का र गोल्ड बार निक्लने गर्दछ । यहा रहेको बुर्ज खलिफामा रोजा खोल्नको लागि दुई मिनेटभन्दा पनि बढी कुनुपर्ने हुन्छ ।दुबई पुलिसले लैम्बोर्गिनी,फरारी र बेन्टले जस्ता कारहरु प्रयोग गर्ने गर्दछन् । यस देशमा सानो सानो केशमा पनि ठूलो ठूलो सजाए दिने गरिन्छ ।आबु धाबीको फरारी वल्र्डमा दुनियाँकै सबैभन्दा ठूलो रोलर कोष्टर रहेको छ । दुनियामै सबैभन्दा बडी २५ प्रतिसत् अपरेस्नल्स क्रेन दुर्बइमा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री