सुनको मुल्यमा गिरावट
समयपोष्ट
२०८१ वैशाख ६ गते १२:३५
आज सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार सुन प्रतितोला ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसदिन,चाँदीको मुल्य घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले ओरालो लाग्दा एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया