बिहीबार, २७ वैशाख २०८१

सामान्य अंकले बढ्यो नेप्से

समयपोष्ट २०८० चैत १३ गते १५:३४

Advertisement

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको छ।

आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । परिसूचक बढेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।

यसबाहेक, दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशत र विन नेपाल लघुवित्तको मूल्य ९.४३ प्रतिशतले बढेको छ । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भएको छ । यो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक बढेपनि तीन समूहको सूचक भने घटेको छ । वित्त समूह, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ । यसबाहेकका सबैजसो समूहमा सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहको १४५ अंक, जलविद्युत समूहको ३९ अंक र होटल तथा पर्यटन समूहको सूचक २४ अंकले बढेको छ ।

Advertisement

आज चार दिनपछि पहिलोपटक परिसूचक बढेको हो । गत साताको मंगलबार ६ अंकले घटेको थियो । बुधबार ३.३४ अंक र बिहीबार १५ अंकले परिसूचक घटेको थियो । यस्तै, यो साताको सोमबार समेत नेप्से परिसूचकमा १७ अंकको गिरावट आएको थियो । आज समेत सुरुवातमा परिसूचक बढेपनि साढे ११ बजेदेखि घट्न सुरु गरेको थियो । १२ बजेसम्मको अवधिमा परिसूचक २०३२ अंकमा आइसकेको थियो । फेरि बढ्न थालेर परिसूचक २०४८ अंकसम्म पुगेर पुनः फर्किँदै २०४१ अंकमा आएर रोकिएको हो । यसक्रममा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री