मंगलबार, १८ वैशाख २०८१

प्रभु बैंकले साधारणसभा डाक्यो,१० बराबर चारको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव साधारणसभामा लैजाँदै

समयपोष्ट २०७३ मंसिर १४ गते १०:१८

 प्रभु बैंक लिमिटेडले पुस ८ गतेलाई साधारणसभा बोलाएको छ । सेयर कारोबार बन्दले बुक क्लोज अन्यौलमै रहेका बेला बैंकले पुरानो सेयर लगतलाई आधार मान्दै साधारणसभा बोलाएको हो। बैंकले १० बराबर चारको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव साधारणसभामा लैजाँदैछ।
साधारणसभाले सञ्चालक समितिको निर्वाचन समेत गर्ने छ। संस्थापक सेयरधनीबाट चार र साधारणबाट दुई जना सञ्चालकका लागि निर्वाचन हुने छ।

Advertisement

ग्राण्ड बैंकलाई गाभेपछि प्रभु बैंकको आंशिक सेयर मात्र राष्ट्र बैंकले खोलिदिएको थियो। तत्कालिन ग्राण्ड बैंकको सेयर कारोबार खुला भएको थिएन। पछि धितोपत्र वोर्डको निर्देशनमा प्रभु पक्षको सेयर कारोबार पनि बन्द गरिएको थियो। कारोबार हुन्जेलसम्मको मितिलाई आधार मानेर बैंकले साधारणसभा डाकेको हो। बैंकको अहिले पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी छ। सेयर जारीपछि पुँजी ८ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री