सोमबार, २३ असार २०८२

आइपिओमा अनिवार्य १० कित्ता नीति हटाउने बोर्डको तयारी

समयपोष्ट २०८० मंसिर २६ गते ९:३२

Advertisement

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको छ ।

बोर्ड सञ्चालक समितिको बैठकले १० कित्ता नीति पुनरावलोकन गर्न प्रवीणकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

समितिमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी रहेका छन् । झा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)बाट धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधि रहेका छन् भने अर्का सदस्य ढुंगाना स्वतन्त्र सञ्चालक छन् । श्रेष्ठ र गिरी भने बोर्ड व्यवस्थापन समूहका सदस्यहरु हुन ।

अहिले श्रेष्ठ बोर्डको कार्यकारी निर्देशक र प्रवक्ता छन् भने गिरी सहायक कार्यकारी निर्देशक छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री