मंगलबार, १७ असार २०८२

पछि हटे सिण्डिकेटवाला ब्यवसायी, आज बिहानैदेखि यातायात नियमित

समयपोष्ट २०७५ वैशाख २२ गते १:३२

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरे सँगै यातायात नियमित भएको छ।

Advertisement

शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै आफ्नो आन्दोलन कार्यक्रम सफल भएको दाबी गर्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने बताएको हो।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिको निकालको विज्ञप्तिमा आज यातायात बन्दबाट प्रभावित भएका यात्रुसँग क्षमासमेत मागेको छ।

साथै सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न मागसमेत गरेको छ।
हेर्नुहोस् बिज्ञप्ती

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री